Advertisement Banner
Advertisement Banner

१८ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनचाँदीको मूल्यमा गिरावट

१७ शुक्रबार , माघ २०८२१७ घण्टा अगाडि

सुनचाँदीको मूल्यमा गिरावट

आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । हिजाे बिहीबार नयाँ रेकर्ड कायम गर्दै एकाएक आकाशिएको सुनको मूल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजाे सुनको मूल्य प्रतिताेला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे । हिजोको तुलनामा आज सुनको मूल्य एकैदिन प्रतिताेला २० हजार ५ सय रुपैयाँले घटेकाे हो ।

त्यसैगरि आज चाँदीको मूल्यमा पनि गिरावट आएर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतिताेला चाँदीको ७ हजार ५ सय ५ रुपैयाँमा काराेबार भएकाे थियो । हिजाेको तुलनामा आज चाँदी प्रतितोला ४ सय ४० रुपैयाँले घटेको हो ।