Advertisement Banner
Advertisement Banner

१९ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक

१८ शनिबार , माघ २०८२१० घण्टा अगाडि

निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेकाे छ । आयोगले निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको नमूना मतपत्र सार्वजनिक गरेकाे हाे ।  

आयोगले आज सातवटै प्रदेशको विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको नमूना मतपत्र सार्वजनिक गरेको छ । जसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै नमूना मतपत्र सार्वजनिक गरेकाे र उक्त नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।

त्यसैगरि आयोगले उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको जनाउँदै उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको बताएकाे छ ।

यता आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेको बताएकाे छ ।