Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सुक्खा पहिरोका कारण राजमार्ग अवरुद्ध

१९ आइतबार , माघ २०८२८ महिना अगाडि

सुक्खा पहिरोका कारण राजमार्ग अवरुद्ध

रसुवामा सुक्खा पहिरोका कारण राजमार्ग रूपमा अवरुद्ध भएको छ । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हाे ।

सडक सुधार गर्ने क्रममा हिजाे साँझ पहिरो जाँदा चिनियाँ सामान आयातका लागि केरुङतर्फ जाँदै गरेका कन्टेनर घट्टेखोलामा रोकिएका छन् भने कामको सिलसिलामा केरुङ गई घर फर्कन लागेका नेपाली नागरिकहरू सडक अवरुद्ध भएपछि नेपाल-चीन मितेरी पुल पारि चिनियाँ भूभागमै रोकिएका छन् ।

अहिले राजमार्ग सञ्चालन गर्नका लागि स्काभेटरको सहायताले पहिरो पन्छाउने काम भइरहेकाे सीमा प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जनाएका छन् । पहिराे भत्किएकाे स्थान सदरमुकाम धुञ्चेबाट झण्डै २९ किलोमिटर उत्तरतर्फ रहेको बताइएकाे छ ।

पहिरो ठूलो भएकाले जोखिमको अवस्था विश्लेषण गरेपछि मात्र पैदल यात्रुलाई आवतजावत गर्न दिने सीमा प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिएका छन् ।