Advertisement Banner
Advertisement Banner

२० सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

जनावरीमा साढे ९२ हजार पर्यटक नेपाल भित्रिए

१९ आइतबार , माघ २०८२एक दिन अगाडि

जनावरीमा साढे ९२ हजार पर्यटक नेपाल भित्रिए

नयाँ वर्ष २०२६ काे पहिलाे महिना जनावरीमा साढे ९२ हजार बढि पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनावरी महिनामा मात्र ९२ हजार ५ सय ७३ पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको जनवरी महिनाको तुलनामा यसवर्ष १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएकाे बताइएकाे छ । जनावरीमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएकाे पनि बाेर्डले जनाएकाे छ ।

जनवरीमा भारतबाट २६ हजार ६ सय २४ पर्यटक नेपाल आएका थिए । त्यसैगरि चीनबाट ९ हजार १ सय १, अमेरिकाबाट ८ हजार ४ सय ६, बंगलादेशबाट ५ हजार ८ सय १४ र अस्ट्रेलियाबाट ४ हजार ९ सय ५७ जना पर्यटक नेपाल भित्रिएका थिए ।

त्यसैगरि दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका थिए भने अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएकाे बाेर्डकाे तथ्यांकमा उल्लेख गरिएकाे छ । 

मध्यपूर्वबाट १ प्रतिशत पर्यटक नेपाल आउँदा अफ्रिकाबाट भने ०.४ प्रतिशत पर्यटक नेपाल आएकाे बताइएकाे छ ।