Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आज राष्ट्रियसभाको बैठक बस्दै

२० सोमबार , माघ २०८२८ महिना अगाडि

आज राष्ट्रियसभाको बैठक बस्दै

आज दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको आजकाे बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तयारी रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जनाएका छन् ।

प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा राष्ट्रियसभा बैठकमा जानकारी गराउन बैठक आव्हान गरिएकाे बताइएकाे छ । त्यस्तै आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभा समक्ष प्रस्तुत गर्ने छन् भने गृहमन्त्री ओमप्रकाश अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश–२०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश–२०८२’ तथा ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश–२०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव बैठकमा पेस गर्ने तयारी रहेकाे छ ।