Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आज पनि सुन र चाँदीको भाउ घट्याे

२० सोमबार , माघ २०८२२ महिना अगाडि

आज पनि सुन र चाँदीको भाउ घट्याे

एकाएक आकासिएकाे सुन र चाँदीको भाउ निरन्तर घट्न थालेकाे छ । झण्डै ३ लाख ४० हजार हारहारी पुगेकाे सुनकाे भाउ घटेर प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेसँगै सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ पुगेकाे छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ पुगेकाे थियो ।

त्यसैगरि नेपाली बजारमा चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य घटेर ५ हजार २ सय रुपैयाँमा काराेबार भएकाे हाे । महासंघका अनुसार हिजाे प्रतितोलामा ५ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियाे ।