Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई पक्राउ

२० सोमबार , माघ २०८२८ महिना अगाडि

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकी राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेकाे हाे ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका–७, का किरणसिंह ठकुरीले राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त प्रकरणमा पक्राउ पर्नेमा तनहुँका १९ वर्षीय किरणसिंह ठकुरी, पर्वतका ४० वर्षीय अनिल शर्मा, काठमाडौँका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटका ४२ वर्षीय केशव फुँयाल, नुवाकोटै ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँका ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल रहेकाे बताइएकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि उक्त नक्कली प्रमाणपत्र बनाउने गिरोहलाई पक्राउ गरिएको थियाे । पक्राउ परेका सातै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।