Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

विद्यार्थी बाेकेकाे बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

२१ मंगलबार , माघ २०८२२१ घण्टा अगाडि

विद्यार्थी बाेकेकाे बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

रुपन्देहीमा विद्यार्थी बाेकेकाे बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् । आज बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका-४, बसन्तपुरमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा बस र ट्याक्टर ठाेक्किएर दुर्घटना भएकाे हाे ।

मणीग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी बाेकेकाे बसलाई विपरीत दिशाबाट आउँदै गरेको धान बोकेको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएकाे छ । नवलपरासीबाट भैरहवातर्फ आइरहेको लु १ ख ८६७५ नम्बरको बस र विपरित दिशाबाट गइरहेको लु ३ त ३५३० नम्बरको ट्याक्टर एकापसमा ठाेक्किएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

बिहानीपख लागेको बाक्लो हुस्सुका कारण चालकले बाटो स्पष्ट देख्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जनाएका छन् । उक्त दुर्घटनामा घाइते भएका २१ जनामध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा सामान्य चोटपटक लागेका अन्य ४ जना विद्यार्थी भने प्राथमिक उपचार पश्चात घर फर्किएकाे बताइएकाे छ । दुर्घटनामा संलग्न बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।