Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

मुक्तिक्षेत्रमा भारी फेरि हिमपात

२१ मंगलबार , माघ २०८२१२ घण्टा अगाडि

मुक्तिक्षेत्रमा भारी फेरि हिमपात

हिमाल पारिकाे जिल्लाकाे नामले परिचित मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । यसवर्ष अहिलेसम्म मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएकोमा अहिले भारी हिमपात भएकाे हो ।

मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेका अनुसार मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको बताइएकाे छ । त्यसैगरि मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको पनि उनकाे भनाइ रहेकाे छ ।

यसअघि गत कातिक १० गते पहिलो पटक हिमपात पर्न सुरु भएको थियो । गएकाे मङ्गलवार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो भने मुस्ताङको उच्चलेकमा पनि आंशिक हिमपात भएको थियो ।

मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै आसपासका डाँडाकाँढा र रानीपौवा बजार पूरै हिमपातले सेताम्मे भएको छ भने अहिले पनि निरन्तर हिउँ परिरहेको र रातभरि हिमपात भएमा मुक्तिनाथ क्षेत्रका सबै बस्ती हिउँले ढाकिने बताइएकाे छ ।