Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सामाजिक सञ्जाल विधेयक फिर्ता

२१ मंगलबार , माघ २०८२८ महिना अगाडि

सामाजिक सञ्जाल विधेयक फिर्ता

आज बसेकाे मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्‍बाट फिर्ता लिने निर्णय गरेकाे छ । दिउँसाे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेकाे हाे ।

सरकारले उक्त विधेयक फिर्ता लिन स्वीकृत प्रदान गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । यसअघि उक्त विधेयक २०८१ माघ १५गते राष्ट्रियसभामा दर्ता भएपनि आलोचना र विवादको कारण अघि बढ्न सकेको थिएन ।

त्यस्तै आज काे बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय गरेको पनि सरकारका प्रवक्ता अर्यालले बताएका छन् ।