Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

निर्वाचन आयोगले हटायाे ७६ जनाको समानुपातिकको नाम

२१ मंगलबार , माघ २०८२२ महिना अगाडि

निर्वाचन आयोगले हटायाे ७६ जनाको समानुपातिकको नाम

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकाे लागि समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाइएकाे छ । निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएकाे हाे ।

आयोगका अनुसार समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये उम्मेदवारहरूको विवरण रुजु भइ ७६ जनाको नाम हटाइएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

आयोगले कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम भएका, निर्वाचन आयोगबाट तोकिएको जरिवाना नतिरेका, पच्चिस वर्ष उमेर पूरा नभएकालगायत रहेकाकाे नाम हटाएकाे हाे ।