Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सेना परिचालन

२१ मंगलबार , माघ २०८२१० घण्टा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सेना परिचालन

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी भाेलिदेखि नेपाली सेना परिचालित हुने भएकाे छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नेपाली सेनाका संयोजनमा भाेलिदेखि चारवटै सुरक्षा निकाय परिचालित हुने भएकाे हाे ।

निर्वाचनका लागि एकीकृत सुरक्षा योजना २०८२ अनुरूप नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हाे ।

निर्वाचन आउन एक महिना बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालन हुने भएकाे हाे । त्यस्तै एकीकृत सुरक्षा योजनाबमोजिम ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिने छन् ।

नेपाली सेनाले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा भाेलिदेखि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । यसपटककाे निर्वाचनमा ९२ लाख ४० हजार १ सय ३१ महिला, ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र २०० अन्य गरी कूल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् ।

देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ भने १ लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । सशस्त्र प्रहरीतर्फ ३४ हजार ५ सय ७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६ सय ८६ जना परिचालित हुनेछन् ।