Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

‘नयाँ जीवनको भरपर्दो सहयात्री’

२१ मंगलबार , माघ २०८२८ महिना अगाडि

 ‘नयाँ जीवनको भरपर्दो सहयात्री’

माघ २०, काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ।

यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो( ‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरुवात गर्नेहरूका लागि यो अफर ल्याएका छौं, नयाँ सोच, नयाँ संकल्पले नयाँ जीवनलाई सहज बनाउने विश्वाससमेत लिएको छु।’ नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यो योजनाबाट सबैले लाभ लिन सक्ने निर्देशक गोल्छाले बताउनुभयो।

यो योजना माघ १५ बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ।