Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

नेपालले क्यानडासँग दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दै

२३ बिहिबार , माघ २०८२१२ घण्टा अगाडि

नेपालले क्यानडासँग दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दै

नेपालले आज क्यानडासँग आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा दिउसो सवा ३ बजे दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्न लागेको हो ।

यसअघिकाे पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो । उक्त पहिलाे अभ्यास खेलमा दीपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्थशतक बनाएका थिए भने नेपाली टाेली रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम सहित विश्वकपमा तेस्रो पटक सहभागी हुदैछ ।

आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा आईसीसी विश्वकप हुँदैछ । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ ।

विश्वकपमा नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने खेल तालिका रहेकाे छ ।