Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

गण्डकी प्रदेशमा सार्वजनिक बिदा

२३ बिहिबार , माघ २०८२१० घण्टा अगाडि

गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज गण्डकी प्रदेशले स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गत वर्ष चैत १२ गते प्रदेश मन्त्रिपरिषद्ले जन्म जयन्ती दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार आज प्रदेशभर सार्वजनिक बिदा दिइएकाे हाे ।

सार्वजनिक बिदाको दिन गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा हुने प्रदेश राजपत्रमा उल्लेख गरिएकाे छ ।

यसअघि फागुन ४ गतेलाई स्थापना दिवस मानेर सार्वजनिक बिदा दिने गरेकोमा गत वर्ष मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ लाई स्थापना दिवस मनाउने गरी सर्वपक्षीय निर्णय गरेको थियो ।

वि.सं. २०८० साल सम्म प्रदेशसभा र प्रदेश सरकारले छुट्टाछुट्टै दिवस मनाउँदै आएको भएपनि अहिले माघ २२ लाई स्थापना दिवस मनाउन थालिएकाे हाे । यसलाई नै प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय भएपछि गत वर्षदेखि माघ २२ मा स्थापना दिवस मनाउन थालिएको छ ।