Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई पितृशोक

२३ बिहिबार , माघ २०८२९ घण्टा अगाडि

पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । डा. भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज निधन भएको हो ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि केही दिनदेखि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका भट्टराईको उपचारकै क्रममा आज बिहान निधन भएकाे हाे । स्वर्गीय भट्टराईको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएकाे छ ।

भट्टराईको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।