Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

२३ बिहिबार , माघ २०८२२ महिना अगाडि

सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाएको भन्दै अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । चितवनको खैरहनी नगरपालिका–९, घर भएका ३६ वर्षीय महेन्द्र गौतम पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेकाे जनाएका छन् । सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने कार्यमा संलग्न रहेको आधारमा गौतमलाई पक्राउ गरिएको बताइएकाे छ ।

उनले भीडलाई उत्तेजित बनाउन अभिव्यक्ति दिएकाे अपराध गरेको प्रहरीले बताएको छ । उनिमाथि जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ५ (पाँच) दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।