Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

देशैभरि बढ्दो अपराध नियन्त्रण गर्दै प्रहरी

२३ बिहिबार , माघ २०८२४ घण्टा अगाडि

देशैभरि बढ्दो अपराध नियन्त्रण गर्दै प्रहरी

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
काठमाडौं, २२ माघ । चितवन, रत्ननगर नगरपालिका(३ नमुना टोलबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित सोही नगरपालिका ३ बस्ने ३३ वर्षीय खेम बहादुर सार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    मोरङ, विराटनगर महानगरपालिका १६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका ५ बस्ने ३१ वर्षीय खड्क नारायण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    अछाम, मंगलसेन नगरपालिका ५ मंगलसेनस्थित कारागार सुरक्षा गार्ड अछामको मुल गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४२ मिलिग्राम सहित सोही नगरपालिका ३ बस्ने २८ वर्षीय मोहन बोगटीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बोगटीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
    झापा, बिर्तामोड नगरपालिका २ चैतुबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ४ बस्ने २६ वर्षीय सुशिल विक र सोही नगरपालिका(३ बस्ने ३३ वर्षीय प्रकाश विक रहेका छन् । लागूऔषध ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कैलाली, बर्दगोरिया गाउँपालिका १ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २५ ट्याब्लेट सहित सोही गाउँपालिका १ बस्ने ३० वर्षीय नबिन भण्डारी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     ललितपुर, ललितपुर महानगरपालिका १ कुपण्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट र अवैध लागूऔषध पोल्याण्ड १ सय ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय विकाश भण्डारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 
काठमाडौं, २२ माघ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका १ घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
कुमारीले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरेको हो ।

नक्कली नोट सहित एक जना पक्राउ
सुनसरी, २२ माघ । हरिनगरा गाउँपालिका १ बाट नेपाली एक हजार दरको नक्कली नोट २८ थान सहित इनरूवा नगरपालिका १० बस्ने २५ वर्षीय बहिस मियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । 

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
कास्की, २२ माघ । पोखरा महानगरपालिका ३ अधिकारी टोलबाट स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रूपैयाँ सहित सोही महानगरपालिका(२ मोहरिया टोल बस्ने ३४ वर्षीय तम्रुम पाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलाय कास्कीबाट खटिएको प्रहरीले ग. ९ प ८३०७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।