Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा १३ जनाको मृत्यु

२४ शुक्रबार , माघ २०८२६ महिना अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा १३ जनाको मृत्यु

गएराति बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जन्ती बोकेको बस सडकबाट झन्डै २ सय मिटर तल खसेर दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार उक्त दुर्घटनामा ३६ जना घाइते भएको बताइएको छ । अहिले उनीहरूले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–७, भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौडी नगरपालिका–७, बडगाउँको मोडमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि बझाङको बिथडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी र ४६ वर्षीय किसन दत्त जोशी, बझाङ केदारस्युँ गाउँपालिका–७ का ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बसन्तराज रताला, बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु हुनेमा बझाङ बिथडचिर गाउँपालिका–७ का १७ वर्षीय किसनदत्त जोशी, सोही ठाउँका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशव राज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ की १५ वर्षीया सुशिला जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।