Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

झापामा सिरिन्ज आक्रमणमा परि एक जनाको मृत्यु

२४ शुक्रबार , माघ २०८२१३ घण्टा अगाडि

झापामा सिरिन्ज आक्रमणमा परि एक जनाको मृत्यु

झापाको भद्रपुर नगरपालिका–१०, सत्रविघेमा सिरिन्ज आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिको सिरिन्ज आक्रमणमा परि भद्रपुर नगरपालिका–१० का खेम ढकालको मृत्यु भएको हो ।

हिजो साँझ ढकाल छिमेकीको घरबाट आफ्नो घरतर्फ फर्कने क्रममा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आक्रमणबाट गम्भीर घाइते भएका ढकालको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको जनाएका छन् । उक्त सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको पनि प्रवक्ता खड्काको भनाइ रहेको छ ।