Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

विभिन्न ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न

२४ शुक्रबार , माघ २०८२११ घण्टा अगाडि

विभिन्न ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न

निर्वाचन आयोगले विभिन्न ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ । आयोगले २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ समेत सम्पन्न भइसकेको जनाएको हो ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको बताइएको छ ।

त्यसैगरी आयोगका अनुसार बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ । यता ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएपनि प्याकिङको काम बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगले मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको जनाउदै प्याकिङको काम पनि क्रमशः भइरहेको बताएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको बताएको छ ।

त्यसैगरी आयोगका अनुसार प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ भने माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको बताइएको छ । १० लाख ९८ हजार २ सय बराबरको नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको पनि आयोगले जनाएको छ ।