Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

२४ शुक्रबार , माघ २०८२६ महिना अगाडि

‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

राष्ट्रभावनाले ओतप्रोत नयाँ गीत 

गायक तथा मोडल सबिन खड्काको आवाजमा सजिएको देशप्रेममूलक गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ। राष्ट्रिय एकता, देशप्रतिको जिम्मेवारी र नागरिक चेतनालाई मुख्य विषय बनाइएको यस गीतले वर्तमान समयको राष्ट्रिय भावना सशक्त रूपमा उजागर गरेको छ।
गीतका शब्द स्वयं सबिन खड्काले रचना गरेका हुन् भने संगीत चर्चित संगीतकार बैकुण्ठ महतले तयार पारेका हुन्। गीतमा गायिका सुनितामी परियारको स्वर समेत समावेश गरिएको छ, जसले गीतलाई अझ भावनात्मक र प्रभावशाली बनाएको छ।
प्रेम र रोमान्सका गीतहरू बढी सिर्जना भइरहेको वर्तमान समयमा राष्ट्र र राष्ट्रियताको विषय उठान गर्नु कलाकारको दायित्व भएको गायक सबिन खड्काको भनाइ छ। उक्त गीत क्प् भ्लतभचतबष्लmभलत ल्भउबकिो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति गीतको भिडियोमा गायक तथा कलाकार मोतिराज खनालसहित नबिना सिलवाल, कमल जिसी, मिना बेलबासे, आशा ढकाल, स्मारिका खड्का, डिबी पाण्डे, मणि अधिकारी, धुर्व बस्नेत, रोशन घिमिरे, हरि आचार्य, पुष्पा शाह, मुकुन्द घिमिरे, गणेश पाण्डे लगायत थुप्रै कलाकारहरूको उल्लेखनीय अभिनय देख्न सकिन्छ।
प्राविधिक पक्ष ‘द म्युजिक इरा’ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ सुरज भुसालले गरेका हुन् भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन्। भिडियो निर्देशन देवेन्द्र कुवरले गरेका हुन् र सम्पादनको जिम्मा राजेश कुमारले सम्हालेका छन्।
सकारात्मक प्रतिक्रिया
सार्वजनिक भएसँगै गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। राष्ट्रप्रेम र सामूहिक एकताको सन्देश बोकेको यस गीतले नेपाली संगीत क्षेत्रमा फरक पहिचान बनाउने अपेक्षा गरिएको गायक तथा सर्जक एवं कलाकार मोतिराज खनालले बताएका छन्।
मोतिराज खनालका चर्चित सिर्जना र अभिनय गायक मोतिराज खनालका थुप्रै लोकदोहोरी गीत, भजन तथा तिज गीत बजारमा चर्चित छन्। उनका लोकप्रिय सिर्जनामा लोकदोहोरी गीतहरू जुनिजुनी संगै बाचौला , ऋण बढेर दोब्बर भैसक्यो , लालिगुरास फुल्यो मायालु , सङ्गै सुते लाग्छ गोडामा , पैसाको बिटो लगायत ‘सुपा देउराली’ भजन
‘मालारानी’ भजन साथै थिप्रै तिजगीतहरु क्या रामी पुतली, आउ बस आडैमा , सधै तमासा , लक्कले साइली , छड्के कपाल लगायत सृजनाहरु समावेश छन्, जुन दर्शक–श्रोतामाझ अत्यन्त रुचाइएका छन्।
संगीतसँगै अभिनयमा पनि सक्रिय खनालले ‘आलु’, ‘छिमेकी’, ‘बाह्रमासे’, ‘ख्याल ठट्टा’ लगायतका टेलिसिरियलमा अभिनय गरिसकेका छन्।
सबिन खड्काको बहुप्रतिभा समाजमा बढ्दै गएको अराजकता र विभाजनको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक गरिएको गायक सबिन खड्काले बताएका छन्। यसअघि उनले समसामयिक विषय समेटिएको लोकदोहोरी गीत ‘चालिस कटेसी’ बजारमा ल्याएका थिए।
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ उनको दोस्रो एल्बमका रूपमा प्रस्तुत गरिएको हो।
गायनसँगै मोडलिङ र अभिनयमा समेत सक्रिय सबिन खड्काले विभिन्न तिज गीतहरूमा अभिनय गरेर आफूलाई सफल मोडलका रूपमा स्थापित गरिसकेका छन्। उनले टेलिसिरियल ८‘छिमेकी’८ मा समेत अभिनय गरेका छन्। राष्ट्रप्रेम, कला र सामाजिक चेतनालाई एकैसाथ बोकेको यस गीतले नेपाली संगीत क्षेत्रमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।