Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

दाङमा मुक्तक सङ्ग्रहको समीक्षा

२५ शनिबार , माघ २०८२८ महिना अगाडि

दाङमा मुक्तक सङ्ग्रहको समीक्षा

माघ २३ दाङ---------------  
राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित  कृति समीक्षा कार्यक्रम अन्तर्गत १९८औँ शृङ्खलामा साहित्यकार दीपबहादुर खत्रीको मुक्तकसङ्ग्रह ‘स्वतन्त्रताको श्वास’ माथि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार राप्ती साहित्य परिषद्  दाङको सभाहलमा सम्पन्न उक्त कार्यक्रम परिषद् जिल्ला शाखा, दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा, संस्कृतिविद् डा। गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा साहित्यकार तथा स्रष्टा दीपबहादुर खत्रीद्वारा लिखित ‘स्वतन्त्रताको श्वास’ मुक्तक सङ्ग्रहको समीक्षा डा। लोकराज पराजुलीले गर्नुभएको थियो। समीक्षक पराजुलीले दीपबहादुर खत्रीको मुक्तक सङ्ग्रह ‘स्वतन्त्रताको श्वास’ मा समाजको यथार्थ, बदलिँदो मूल्य र मान्यता, आत्मसङ्घर्षका साथै व्यङ्ग्यात्मक भाव, करुणाका तरङ्ग, विद्रोही स्वर र श्रद्धाजस्ता अनुभूतिहरू अभिव्यक्त भएको उल्लेख गर्नुभयो। उहाँले ‘स्वतन्त्रताको श्वास’ मुक्तक सङ्ग्रह हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको बताउँदै लेखकलाई निरन्तर सिर्जनामा लागिरहन सुझावसमेत दिनुभयो।

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ९समीर०, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस दाङका अध्यक्ष चन्द्रबहादुर थापा, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, वरिष्ठ साहित्यकार गणेश विषमलगायत साहित्यप्रेमी, पत्रकार तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो।