Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

महाशिवरात्रिकाे लागि मूल समारोह समिति गठन

२६ आइतबार , माघ २०८२८ महिना अगाडि

महाशिवरात्रिकाे लागि मूल समारोह समिति गठन

महाशिवरात्रि पर्व २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको हाे ।

महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको मूल समारोह समितिमा काठमाडौँ महानगरपालिका-८, कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ । उक्त मुल समाराेह समितिले पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका लागि काम गर्ने बताइएको छ ।

समारोह समितिअन्तर्गत ९ वटा विषयगत उपसमिति बनाएर पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका लागि काम भइरहेको कोषले जनाएकाे । त्यस्तै गत शुक्रबार मूल समारोह समितिअन्तर्गत सुरक्षा उपसमितिको बैठक बसेको थियो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको उपस्थिति थियो भने बैठकमा महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था मिलाउनेबारे छलफल भएको बताइएकाे छ ।