
धादिङमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । धादिङकाे थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस एकआपसमा ठोक्किए प्रहरीले जनाएकाे छ ।
आज बिहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले जनाएकाे छ । ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुगेकाे थियाे ।
दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइनसकेको र उद्धारकार्य भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।


