
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेकाे हाे ।
महासंघका अनुसार आज प्रतिताेला सुन ३ लाख ५ सय रुपैयाँमा काराेबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ काराेबार भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाकाे ४ हजार ७ सय १० रुपैयाँ काराेबार भएको चाँदीको मूल्य आज बढेर ५ हजार १० रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँमा कारोबार भईरहेको बताइएकाे छ ।


