Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सूचनाको हक सम्बन्धि दुई दिने तालिम

२७ सोमबार , माघ २०८२८ महिना अगाडि

सूचनाको हक सम्बन्धि दुई दिने तालिम

२०८२ माघ २५ गते सूचनाको हक सम्बन्धि दुई दिने तालिम शुरु बास नेपालको आयोजनामा सूचनाको हक सम्वन्धि दुई दिने तालिम आज देखि शुरु भएको छ । अनलाईनका माध्यमबाट उक्त तालिम शूरु भएको हो । बास नेपालका पदाधिकारी, प्रदेश, शाखा, उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरुका लागि आयोजना गरिएको उक्त तालिम राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख प्रशिक्षण रहेको छ । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजिकरण गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा तालिमको उद्धेश्य माथि प्रकाश पारेका थिए । तालिममा प्रशिक्षण दिदै प्रमुख प्रशिक्षक पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक लोकतन्त्रको बायुप्राण भएको उल्लेख गर्दै सूचनाको हक प्रबद्र्धन, प्रचलनले मुलुकको सुशासन बहालीमा योगदान पुग्ने बताए । तालिममा ३० बढि बास नेपालका प्रतिनिधिहरु सहभागि छन्, तालिम भोली सम्म सञ्चालन हुनेछ ।