
बागमती प्रदेशकाे प्रथम सालक सम्मेलन चितवनको माडिमा सुरु भएको छ । प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा पथम सम्मेलन सुरु भएको हो ।
बागमती प्रदेश स्तरीय प्रथम सालक सम्मेलन प्रदेशको बन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालको अध्यक्षता एवम् बन मन्त्री भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सुरु भएको बताइएकाे छ ।
उक्त प्रथम सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षण गर्नुपर्ने कारण, अवैध सिकार तथा तस्करीका चुनौती र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिने छ भने सालकको वासस्थान तथा आहार संरक्षणका विषयमा छलफल गरिने बताइएको छ ।
बागमती प्रदेश स्तरीय एक दिने सम्मेलनले ‘माडी घोषणा–पत्र’ जारी गर्दै सालक संरक्षणलाई अभियानका रूपमा अघि बढाउने बताएको छ ।


