Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

इन्डेक्सले ल्यायो ‘शान ए रमजान सिजन ५’

२८ मंगलबार , माघ २०८२१४ घण्टा अगाडि

इन्डेक्सले ल्यायो ‘शान ए रमजान सिजन ५’

इन्डेक्स एक्सचेन्जले ‘शान ए रमजान सिजन ५’ शुरु गरेको छ । स्थापनाको ५० वर्ष पूरा भएको उपलक्ष्यमा कम्पनीले स्वर्ण जयन्तीका रुपमा उक्त योजना ल्याएको हो ।

रमजानको भावनामा आधारित यो योजना कृतज्ञताको उत्सव हो, जसले ग्राहकको निष्ठालाई सम्मान गर्दै इन्डेक्स एक्सचेन्जको सामुदायिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ । यसले उदारता, करुणा र एकताको मूल्यलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले यो सिजनमार्फत कृतज्ञता व्यक्त गरिएको जनाएको छ । एक्सचेन्जले आफ्नो नयाँ मोबाइल एप पनि सार्वजनिक गरेको छ । जसमा परम्परा, कृतज्ञता र डिजिटल नवप्रवर्तनलाई एकसाथ प्रस्तुत गरिएको छ ।

पाँच दशकदेखि सेवारत इन्डेक्स एक्सचेन्ज केबल वित्तीय सेवा प्रदायक नभई यूएईमा रहेका लाखौँ नेपालीको दैनिक जीवनमा विश्वासिलो साझेदारको रुपमा स्थापित हुँदै आएको छ । स्वदेशमा रहेका आफ्ना परिवारलाई सहयोग गर्नेदेखि यूएईमा नयाँ जीवन शुरु गर्नुसमेत यसले योगदान पुर्याउँदै आएको छ ।

इन्डेक्स एक्सचेन्जका अध्यक्ष हमद जस्सिम अल दरविशले पाँच दशकको यात्राले आफूहरुले बनाएको विश्वास र सम्बन्धलाई प्रतिबिम्बित गर्ने बताउँछन् । उनले यूएईसँगै इमानदारी र नवप्रवर्तनका साथ समुदायको सेवा गर्ने प्रतिबद्धता पनि जनाए ।

एक्सचेन्जका प्रमुख सञ्चालन अधिकृत सैयद अब्दुस सलामले यहाँसम्म आइपुग्नुको कारण ग्राहकको अटल विश्वास, कर्मचारीको समर्पण र यूएईको सहयोगी वातावरण भएको बताउँछन् । त्यस्तै, प्रमुख व्यवसाय अधिकृत मिर के रसूलले पाँच दशकको मेहेनतले ब्रान्डलाई विश्वास, मानिस र नवप्रवर्तनमा आधारित बनाएको बताए ।

‘शान ए रमजान सिजन ५’ र मोबाइल एपको सुरुवातले सरल, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धतासँगै ‘आगामी ५० वर्षका लागि तैयारू‘ भन्ने नारालाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।

रमजान महिनामा ‘शान ए रमजान सिजन ५’ इन्डेक्स एक्सचेन्ज र यसका ग्राहकका लागि वार्षिक परम्पराको रूपमा स्थापित भएको छ । पाँचौँ सिजनमा प्रवेश गरेको यो वर्षको योजनाले कम्पनीको ५० औँ वार्षिकोत्सवसँग विशेष महत्व बोकेको छ ।

ग्राहकको अपेक्षा परिवर्तनशील भइरहँदा इन्डेक्स पनि नवप्रवर्तनमा केन्द्रित छ । मोबाइल एपले दैनिक कारोबारलाई छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्य राख्दै दशकौँदेखि कायम रहेको सुरक्षा र विश्वसनीयतालाई निरन्तरता दिने कम्पनीको दाबी छ ।

कम्पनीले दीर्घकालीन विश्वास, प्रविधिगत सुदृढता र यूएईको भविष्यबाट प्रेरित हुँदै आगामी पुस्तासम्मलाई सेवा दिने प्रतिबद्धता पनि दोहोर्याएको छ । साथै, निकट भविष्यमा पनि आफ्ना ग्राहकको साथमा निरन्तर उभिरहने कम्पनीको वाचा छ ।