
जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने बताएकाे छ । अहिले मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले यतिबेला तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ ।
महाशाखाका अनुसार अहिले हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको जनाउँदै आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना रहेकाे बताएकाे छ । त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाे छ ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने र बाँकी भागको मौसम मुख्यतया सफा रहने छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


