
निर्वाचन आयोगले आजदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरेकाे छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छापिसकेका मतपत्र आजदेखि जिल्लामा पठाउन सुरु गरेकाे हाे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामाग्री केन्द्रले हिजोसम्म १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको छ । प्रत्यक्षतर्फ कूल २ करोड ३ लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा भोलिसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजदेखि दुर्गम क्षेत्रमा मतपत्र पठाउन शुरु गरिने र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने तयारी रहेको बताइएकाे छ ।


