Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

डोल्पामा जिप दुर्घटना एकको मृत्यु, तीन जना घाइते

३० बिहिबार , माघ २०८२४ घण्टा अगाडि

डोल्पामा जिप दुर्घटना एकको मृत्यु, तीन जना घाइते

डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । आज बिहान साढे १० बजेतिर त्रिपुरासुन्दरी नगरपालिका-३, जिउ गाउँदेखि त्रिपुराकोट जाँदै गरेको ग १ ज ८०९९ नम्बरको बोलेर जिप दुर्घटनामा परेको थियाे ।

उक्त दुर्घटनामा त्रिपुरासुन्दरी-३, जिउ गाउँकै ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी जनाएकाे छ । घाइतेहरूमा साेहि गाउँका ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी-३ सुँ गाउँकी ४५ वर्षीय रमा बोहोरा र जिप चालक रहेका छन् । घाइते दुई जनालाई थप उपचारको लागि जिल्ला अस्पताल दुनैमा पठाइएको छ ।

जिप चालक सल्यानको कुमाख गाउँपालिकाका २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरी चौकी त्रिपुराकोटले नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।