Advertisement Banner
Advertisement Banner

११ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

सडकमा कुकर बम फेला

०१ शुक्रबार , फाल्गुण २०८२४ महिना अगाडि

सडकमा कुकर बम फेला

आज बिहान बाँकेको नेपालगञ्ज–गुलरिया सडकमा कुकर बम फेला परेको छ । खजुराको पेडारी नाला नजिक बिहान कुकर बम फेला परेको हो ।

उक्त कुकर बम बीच सडकमा कालो टेपले लपेटेको अवस्थामा फेला परेको छ । सडकमा फेला परेकाे बमलाई नष्ट गर्न नेपाली सेनाकाे टाेली त्यहाँ पुगिसकेको बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सडकमा आवतजावत रोकेर बम नष्ट गर्ने काम भइरहेकाे छ भने बम कसले राख्यो भन्ने खुल्न सकेको छैन ।