Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अपराध समाचार

०४ सोमबार , फाल्गुण २०८२२१ घण्टा अगाडि

अपराध समाचार

अवैध लागूऔषध १६ जना पक्राउ
काठमाडौं, ३ फागुन । काठमाडौं महानगरपालिका(९ तिलगंगास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका(८ विजयचोक डेरा गरी बस्ने चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ४ किलोग्राम गाँजा फेला पारी प्रहरीले बरामद गरेको छ ।  
    यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका १२ गुर्जुधाराबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट र नगद २ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएकी ५६ वर्षीया संच माया तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
     बारा, विश्रामपुर गाउँपालिका ३ मुसहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित पर्सा वीरंगज महानगरपालिका १६ नागवा बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना।६ प ५००८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका ७ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ७ सय ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पुर्वी चम्पारण रक्शोल पनटोका पन्चायत १३ बस्ने ५० वर्षीय संजय कुश्वाहा र मकवानपुर राक्सिराङ गाउँपालिका २ बस्ने ४८ वर्षीय कान्छा राम मुक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    कास्की, पोखरा महानगरपालिका ९ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने ३६ वर्षीय टोप बहादुर क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
     कैलाली, टीकापुर नगरपालिका(९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका २ बगनिया बस्ने २० वर्षीय सरोज तिरूवालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    झापा, भद्रपुर नगरपालिका ८ सगरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण राजवंशी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले मे.१० प ३८७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
    कञ्चनपुर, बेलौरी नगरपालिका १० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ८ कलकत्ता बस्ने २१ वर्षीय रियान्स राना र १९ वर्षीय प्रकाश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भे.४ प ४९५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    बाँके, खजुरा गाउँपालिका २ रिमझिम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका २ डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दल सिह थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
तनहुँ, ३ फागुन । देवघाट गाउँपालिका ४ बाट भरूवा बन्दुक २ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका(४ सार्वाङ बस्ने ४० वर्षीय पुर्ण बहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका छन् । 
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 
मकवानपुर, ३ फागुन । ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका ३ चिसापानी बस्ने २४ वर्षीय अभि थिङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
अभिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

भरूवा बन्दुक बरामद
रूकुम पूर्व, ३ फागुन । भुमे गाउँपालिका २ खाबाङ गाउँस्थित पाखो बारीबाट भरूवा बन्दुक १ थान फेला पारी शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
इलाका प्रहरी कार्यालय काक्रीबाट खटिएको प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय २० किलोग्राम गाँजा बरामद
मोरङ, ३ फागुन । विराटनगर महानगरपालिका ५ पुलचोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय २० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । 
वडा प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले बा.८ च ६५०८ नम्बरको स्कार्पियो गाडीबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार गाडी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।