Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली

०६ बुधबार , फाल्गुण २०८२१४ घण्टा अगाडि

अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली

अहिले मुलुकभरकाे मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अहिले मुलुककाे अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाे हाे ।  

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भू-भागमा सामान्य बदली हुनुका साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा बादल लाग्ने प्रक्षेपण गरिएको छ ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली हुनेछ भने विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेकाे छ । त्यस्तै पहाडी भेगका केहि स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।