Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

०६ बुधबार , फाल्गुण २०८२१३ घण्टा अगाडि

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने बताएकाे छ । बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हाे ।

परीक्षाकाे समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ भने परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने बताइएकाे छ । त्यस्तै सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिका रहेकाे छ ।

वैशाख १४ गतेदेखि सुरु भइ वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था नगरिने जनाउँदै अनिवार्य परीक्षामा अनुपस्थित हुन अनुराेध गरेकाे छ ।

त्यस्तै परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने पनि बोर्डले जनाएकाे छ । यसवर्ष कक्षा १२ मा नियमित तर्फ ३ लाख ६० हजार परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्ष कक्षा १२ मा नियमित तर्फ ३ लाख ९६ हजार ३४७ र आंशिक तर्फ १ लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

गतवर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भएर जेठ २ गते सम्पन्न भएको थियो ।