Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गरिबी र अस्थिरता देशकाे मुख्य शत्रु : पूर्वराजा ज्ञानेन्द्र शाह

०७ बिहिबार , फाल्गुण २०८२१३ घण्टा अगाडि

गरिबी र अस्थिरता देशकाे मुख्य शत्रु : पूर्वराजा ज्ञानेन्द्र शाह

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै गरिबी र अस्थिरता देशको मुख्य शत्रु भएको बताएका छन् । प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्वराजा शाहले उक्त कुरा बताएका हुन् ।

पूर्वराजा शाहले भनेका छन्, ‘विगतमा भएका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।’

त्यसैगरि एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्ने पनि पूर्वराजा शाहको भनाइ रहेकाे छ ।