Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

०७ बिहिबार , फाल्गुण २०८२१२ घण्टा अगाडि

खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

नेपाली सेनालाई संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा दिइएको छ । आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु पर्ने भएकाले जनशक्ति कम हुने भएपछि जिल्ला कारागार कार्यालय संखुवासभाको सुरक्षा जिम्मा सेनालाई दिइएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार गत माघ २९ गतेदेखि खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको हाे । यसअघि नेपाल प्रहरीले उक्त कारागारमा सुरक्षा दिँदै आएकोमा इन्द्र दल गुल्म खाँदबारीले सेनाको टोली कारागार सुरक्षामा आफ्नो प्लाटुन खटाएको बताइएकाे छ ।

सरकारको निर्णय अनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको हाे । त्यस्तै  नेपाली सेनाले निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन  बेश स्थापना गरिसकेको छ ।

इन्द्र दल गुल्मका अनुसार अहिले जिल्लाका १० वटै स्थानीय तहमा नेपाली सेना पुगिसकेको बताइएकाे छ । जिल्लामा निर्वाचनका लागि २ हजार २ सय सुरक्षाकर्मी खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सुरक्षा जिम्मा सेनालाई दिइएको जिल्ला कारागारमा १ सय ४७ जना पुरुष, ८ महिला कैदी बन्दी र दुई जना आश्रित बालबालिका रहेका छन् ।