Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

चुनावी संयमित बनाउन जेनजी २=० को अपिल

१० आइतबार , फाल्गुण २०८२७ महिना अगाडि

चुनावी संयमित बनाउन जेनजी २=० को अपिल

काठमाडौं। देश निर्वाचनको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेका बेला जेनजी २.० ले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार तथा पार्टी कार्यकर्तालाई संयमित, जिम्मेवार र मर्यादित ढंगले चुनावी अभियान सञ्चालन गर्न अपिल गरेको छ।
प्रवक्ता अविन लिम्बूद्धारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनलाई लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धा, नीति तथा कार्यक्रमको बहस र दृष्टिकोणको स्पष्ट प्रस्तुतिबाट मात्र लोकतन्त्र सुदृढ हुने जनाइएको छ। व्यक्तिगत आक्षेप, उत्तेजनात्मक अभिव्यक्ति, घृणा फैलाउने गतिविधि वा हिंसात्मक प्रवृत्तिले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने र जनविश्वास घटाउने विज्ञप्तिमा उल्लेख छ।
जेनजी २.० ले मतदाताको निर्णय सर्वोपरि हुने धारणा व्यक्त गर्दै डर, दबाब, प्रलोभन वा दुष्प्रचारको सहारामा मत प्रभावित गर्ने प्रयास नगर्न आग्रह गरेको छ। आफ्ना एजेण्डा र योजनालाई स्पष्ट रूपमा जनतामाझ राखेर प्रतिस्पर्धा गर्न सबै पक्षलाई अनुरोध गरिएको छ।
यसैगरी, राज्यका सम्बन्धित निकायलाई निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा सबै पक्षलाई समान अवसर सुनिश्चित गर्न ध्यानाकर्षण गराइएको छ।
लोकतान्त्रिक संस्कार र राजनीतिक परिपक्वताको परिचय दिँदै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने जेनजी २.० को भनाइ