
फागुन २१ गतेको निर्वाचनले मुलुकमा निकास नआउने देखिएको निष्कर्ष निकाल्दै मकवानपुर क्षेत्र नम्बर १ को स्वतन्त्र उम्मेदवार म राकेश कुमार शर्माले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको सम्बोधनको समर्थन गर्दै फागुन ८ गतेका दिन निर्वाचन बहिष्कार गरि उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु । फागुन ६ गते राष्ट्रलाई सम्बोधन गर्दै वर्तमान राष्ट्रिय संकट, राजनीतिक अस्थिरता तथा जनअसन्तुष्टिको अवस्थाबारे स्पष्ट संकेत गर्नुभएको छ । उक्त सम्बोधनले देश गम्भीर मोडमा पुगेको तथ्य उजागर गरेको छ ।
यस्तो अवस्थामा राष्ट्रिय सहमति, सर्वदलीय संवाद र व्यापक राजनीतिक समझदारी बिना फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन मुलुकको समस्याको स्थायी समाधान हुन सक्दैन भन्ने मेरो ठोस धारणा रहेको छ । जनभावना, राष्ट्रियहित र दीर्घकालीन स्थिरतालाई बेवास्ता गर्दै गरिने निर्वाचन प्रक्रियाले निर्वाचन पछि मुलुकमा झन द्वन्द्व, विभाजन र अन्योलता बढाउने जोखिम देखिन्छ ।
अतः सर्वपक्षीय सहमति, संवैधानिक स्पष्टता र राष्ट्रिय एकता सुनिश्चित नभएसम्म हुने निर्वाचन प्रक्रियामा मेरो कुनै पनि प्रकारको सहभागिता रहने छैन भन्ने स्पष्ट रूपमा घोषणा गर्दछु । यस निर्णयमार्फत म स्वतन्त्र उम्मेदवार राकेश कुमार शर्माले उक्त निर्वाचन औपचारिक रूपमा बहिष्कार गरि मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदछु ।


