Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रहरीको सकृयताले अपराधी पक्राउ

१० आइतबार , फाल्गुण २०८२१७ घण्टा अगाडि

प्रहरीको सकृयताले अपराधी पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, ९ फागुन, काठमाडौं, टोखा नगरपालिका ९ स्थित गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम १८ मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा धोवनी गाउँपालिका २ घर भएका ३५ वर्षीय अरबिन कुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका १ घर भएका २९ वर्षीय निरोज पुडासैनी रहेका   छन् ।  प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    स्याङ्जा, वालिङ नगरपालिका(६ मिर्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित सोही नगरपालिका ८ छेउडाडा बस्ने २३ वर्षीय नरेन्द्र रणपाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय संजय मिजारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
सिराहा, ९ फागुन , औरही गाउँपालिका ५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित बरियारपट्टी गाउँपालिका ३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
    प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१० प ४०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । 

भरूवा बन्दुक बरामद
काठमाडौं, ९ फागुन, कास्की, माछापुच्छ्रे गाउँपालिका २ नेपाङ जंगलबाट भरूवा बन्दुक ३ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
प्युठान, ऐरावती गाउँपालिका(६ रिडि खोला सामुदायिक वनबाट भरूवा बन्दुक १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाटीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।