
पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे छ । गएराति १ धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा यात्रुबाहक बस दुर्घटनामा परेकाे हाे ।
राति १ बजे भएकाे उक्त दुर्घटनामा परि २७ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटना भएकाे बस त्रिशूली नदीकाे किनारामा खसेकाे सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जनाएका छन् ।
उक्त दुर्घटनामा परि ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको थियाे भने जसमा एक महिला र एक पुरुष विदेशी नागरिक रहेकाे बताइएकाे छ । त्यस्तै २ विदेशी नागरिकसहित २७ जना घाइतेलाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले प्रहरीले जनाएको छ ।
जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले दुर्घटनामा परेकाहरुकाे उद्धार गरेका थिए ।


