
अहिले मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नुका साथै बाँकी भूभागकाे मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान तराई भूभागका केही स्थानमा हुस्सु लागे पनि दिउँसाे सफा रहने छ भने दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने महाशाखाले बताएकाे छ । त्यस्तै महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे बताइएकाे छ ।
आज राति तराई भूभागका केही स्थानमा तुँवालो लाग्ने र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।


