
काठमाडौँको वसन्तपुरमा बिहान सवा ७ बजेको शुभ साइतमा रङ्गीचङ्गी ध्वजाले सजाइएको चीर ठड्याइएको छ । वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ तीनछत्रे चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व (होली) सुरु भएको छ ।
हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व सुरु हुने गर्दछ । रङ्गीचङ्गी उक्त चीर ठड्याएपछि हर्ष र बधाईका साथ अवीर छर्की चीरलाई पूजा गरेर होली खेल्न प्रचलन रहेकाे छ ।
फागु अर्थात होली पर्वलाइ वसन्त उत्सवका रूपमा समेत मनाइन्छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । सरकारले फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेसका जिल्लामा होलीको सार्वजनिक बिदा समेत दिइएको छ ।


