Advertisement Banner
Advertisement Banner

२७ आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

बैतडीमा लगातार ३ निर्वाचन प्रहरीकाे मृत्यु

१२ मंगलबार , फाल्गुण २०८२३ महिना अगाडि

बैतडीमा लगातार ३ निर्वाचन प्रहरीकाे मृत्यु

बैतडीमा एक महिनाकाे अवधिमा ३ जना निर्वाचन प्रहरीकाे मृत्यु भएकाे छ । माघ तेस्रो साता दशरथचन्द नगरपालिका–४, घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएकाे थियाे ।

त्यसैगरि फागुन ८ गते दशरथचन्द नगरपालिका–४, बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको मृत्यु भएको थियो । खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गएराति बैतडी मेलौली नगरपालिका–६, हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस भएपछि उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकामा स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेकाे थियाे ।

आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका निर्वाचन (म्यादी) प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जनाएका छन् ।

इलाका प्रहरी कार्यालयमा कार्यरत भट्टकाे मृत्युकाे घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।