Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइँदै

१२ मंगलबार , फाल्गुण २०८२७ महिना अगाडि

निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइँदै

आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै सरकारले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेकाे हाे ।

प्रतिनिधिसभाको निर्वाचन आउन ९ दिन मात्र बाँकि रहेकाे बेला सरकारले सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन लागेकाे बताइएकाे छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुनेगरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको छ ।

बैठकमा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्नेगरी कार्य गर्न गृहमन्त्री अर्यालले निर्देशन दिएका छन् भने आजकाे बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।