Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

केहि भूभागमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातकाे सम्भावना

१३ बुधबार , फाल्गुण २०८२७ महिना अगाडि

केहि भूभागमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातकाे सम्भावना

अहिले मुलुकभर न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले माैसममा सामान्य बदली हुनुका साथै केहि भूभागमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली भूभागका केहि स्थानमा वादल लागेकाे भएपनि बाँकी भूभागमा मौसम सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्ने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा बादल लाग्ने र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नुका साथै तराई भूभागमा मौसम सफा रहनेछ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति तराईका केहि भूभागमा तुवाँलो लाग्ने छ भने गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नुका साथै बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र  हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको बताइएको छ ।