Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

चट्याङ लागेर एककाे मृत्यु दुई जना घाइते

१३ बुधबार , फाल्गुण २०८२७ घण्टा अगाडि

चट्याङ लागेर एककाे मृत्यु दुई जना घाइते

गोरखामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । चट्याङ लागेर सहिद लखन गाउँपालिका–८, बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको हो ।

उनिहरू हिजाे दिउँसो ४ बजे त्रिपुरासुन्दरी गाउँपालिका–३, मूलपानी खुर्सानीटार धादिङमा परेको चट्याङमा परेका थिए । घाइते हुनेमा साेहि ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तिमगर र भीमसेन थापा गाउँपालिका–६, का २४ वर्षीय वीरेन्द्र थापामगर रहेका छन् ।

चट्याङ लागेर घाइते भएकि १२ बर्षीया दिलिशाको आरुघाट आधारभूत अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइतेलाई आरुघाट आधारभूत अस्पतालमा समान्य उपचारपछि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।