Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एक लाख ८६ हजार अस्थायी मतदाता

१३ बुधबार , फाल्गुण २०८२८ घण्टा अगाडि

एक लाख ८६ हजार अस्थायी मतदाता

यहि फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाताले मतदान गर्न पाउने भएका छन् । मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउने छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था गरिएकाे हाे ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिएकाे छ ।

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार अस्थायी मतदाताका लागि १४३ मतदानस्थल निर्धारण गरिएको बताइएकाे छ ।