Advertisement Banner
Advertisement Banner

११ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

चुनावकाे मुखैमा देउवा सिंगापुरमा

१४ बिहिबार , फाल्गुण २०८२४ महिना अगाडि

चुनावकाे मुखैमा देउवा सिंगापुरमा

फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा निर्वाचन आउन एक हप्ता मात्रै बाँकी रहेकाे बेला नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर गएका छन् । यसपटकको चुनावी प्रक्रियाबाटै बाहिरिएका देउवा ‘स्वास्थ्य उपचार’को कारण देखाउँदै सिंगापुर पुगेका हुन् ।

पार्टीभित्रको आन्तरिक कलह र नयाँ नेतृत्वसँगको असन्तुष्टिका कारण चुनावी प्रक्रियाबाटै बाहिरिएका देउवा बुधबार बेलुकी साढे ११ बजेको सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । नियमित फलोअप र उपचारका लागि यसअघि पनि बेलाबेलाम सिंगापुर गइरहने देउवाको यसपटकको यात्रालाई भने राजनीतिक वृत्तमा ‘चुनाव छल्ने रणनीति’का रूपमा हेरिएको बताइएकाे छ ।

यहि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा यसपटक उम्मेदवारी नदिएका देउवा कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि पार्टीको नेतृत्वबाट अपदस्थ बनेका थिए । वर्तमान संस्थापन पक्षले टिकट नदिएपछि २०४८ सालयता डडेल्धुराबाट लगातार ७ पटक अपराजित देउवा यसपटक चुनावी मैदानबाट बाहिर छन् ।

देउवाले निरन्तर जित्दै आएकाे डडेल्धुरामा अहिले उनको सट्टा युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । पछिल्लो समय ‘बदलिएको कांग्रेस’ को नारा दिइरहेको वर्तमान संस्थापन पक्षले देउवालाई चुनावी अभियानमा सहभागी गराउन वा रुख चिह्नमा भोट माग्न आग्रह गरेपनि खासै चासाे दखाएका थिएनन् ।